मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक १ शुक्रबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार

माटोको ढिस्कोले पुरिएर मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार १८:४५:००

माटोको ढिस्कोले पुरिएर शुक्रबार एक मजदुरको ज्यान गएको छ । 

मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका १ घोरबन्दाका ४५ वर्षीय हर्कबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए । 

तानसेन नगरपालिका ४ विशालबजारका रोहितकुमार रामदामको निर्माणाधिन घरको जगमा गारो लगाउने क्रममा उनी दिउँसो सवा ३ बजे पुरिएका थिए । कुमाललाई नेपाली सेना, प्रहरी र स्थानीयले उद्दार गरेका थिए । 

माथिबाट एक्कासी माटोको ढिस्को झरेर चेपिँदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।