मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार

संविधान संशाेधन गर्न कांग्रेसकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार १७:४३:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधान संशाेधन गर्न सरकारसँग माग गरेका छन् । उनले आदिवासी, जनजाति तथा मधेस समुदायको माग सम्बोधन हुने गरी तत्काल संविधान संशोधन गर्न माग गरेका हुन् ।

प्रवक्ता शर्माले सबै समुदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न कांग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संविधान प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न सरकारलाई सचेत गराए । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उनले नेपालको समृद्धिमा योगदान गर्न बाह्य मुलुकमा रहेका सबै समुदायलाई आग्रह गरेका थिए ,

उनले नयाँ पुस्तामा नेपालको भाषा र संस्कृतिका बारेमा जानकारी गराउन पनि जनजाति समूदायको ध्यानाकर्षण गराए । सबै समूदायले आफ्ना भेषभुषाको संरक्षण गर्ने काममा लाग्न सके मात्रै नेपाली पहिचानलाई विश्वमा कायम गराउन सकिने उनको भनाइ थियाे । उनले सबै समुदायले आफ्नो पहिचानलाई स्थापित गराउनु पर्नेमा जाेड दिए ।