मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ पौष २६ बिहीबार ०८:२१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एटिएमबारे केही तथ्य

Read Time : < 1 मिनेट
२०७५ पौष २६ बिहीबार ०८:२१:००

एटिएम अर्थात् अटोमेटेड टेलर मेसिन बैंकिङ कारोबारको भरपर्दो र छरितो सेवा हो । बैंक धाउन नपर्ने र सुरक्षित पनि भएकाले एटिएम प्रयोग गर्नेको संख्या आजभोलि बढ्दो छ । अब जानौँ एटिएमबारे केही तथ्य :

- जोन सेफर्ड बारोनले एटिएम बनाएका थिए । जो बेलायती सेनामा जागिरे पनि थिए । 
-सन् १९६७ मा पहिलोपटक एटिएम मेसिन लन्डनको एक बैंकमा राखिएको थियो । 
-सुरुमा एटिएम कार्डलाई ‘होल इन द वाल’ नाम दिइएको थियो । 
- प्लास्टिकको कार्ड प्रयोगमा आउनुभन्दा अघि मेसिनमा चेकको प्रयोग गरिन्थ्यो । चेकमा १४ वटा कार्बन लगाइने गरिन्थ्यो । 
- सुरुसुरुमा एटिएम मेसिनबाट एकपटकमा बढीमा १० पाउन्ड मात्र निकाल्न सकिन्थ्यो । 
- आविष्कारक सेफर्डले एटिएमको पिन नम्बर ६ अंकको राख्न चाहन्थे । तर, उनकी श्रीमती क्यारोलिनले चार अंक मात्र याद हुने भनेपछि त्यति नै अंकको पिन नम्बर राख्न थालियो ।  
- नेपालमा सर्वप्रथम सन् १९९५ मा हिमालयन बैंकले एटिएम प्रयोगमा ल्याएको थियो । त्यो न्युरोडस्थित कार्यालयमा थियो ।