मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज ३० बिहीबार १८:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

डोल्पा कन्केलेभ २०७६ सुरु, आसन ग्रहणमा तलमाथि हुँदा अथितिद्वारा असन्तुष्टि

Read Time : < 1 मिनेट
२०७६ असोज ३० बिहीबार १८:४७:००

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बगरमा 'डोल्पा कन्केलेभ २०७६' सुरु भएको छ । त्रिपुरासुन्दरी कला संस्कृति समाजद्वारा आयोजना कार्यक्रम बिहीबारदेखि सुरु भएको हो ।

कन्केलेभको उद्घाटन कार्यक्रमका प्रमुख अथिती तथा कर्णाली प्रदेश सभा सांसद वीरबहादुर शाहीले गरेका थिए । कार्यक्रमका अवसरमा पञ्चेबाजा नाच, पैसरी नाच प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा ६ दिनसम्म बृहत सांस्कृतिक प्रदर्शनी, अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता तथा घरेलु उद्योग प्रर्दशनीलगायतका कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।कार्यक्रममा कर्णाली प्रदेश सभा माननीय पद्मीकुमारी बुढा, नगरप्रमुख ओमबहादुर बुढा, उप प्रमुख चन्द्राकुमारी बुढा, प्रजिअ मुकेश कुमार केसरी, जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्ष नारायण रञ्जितकारलगायतका अथितिकाे उपस्थिती थियो ।

कार्यक्रममा व्यवस्थापन, आसन ग्रहण र मन्तव्य राख्न तलमाथि भएको भन्दै उपस्थित अथितिले आयोजकप्रति असन्तुष्टि जनाएका थिए ।