१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ३० बिहीबार ०८:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग

संगीतमार्फत स्वरसम्राट्को सम्झना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज ३० बिहीबार ०८:१०:००

संगीत महर्षि अम्बर गुरुङ र स्वरसम्राट् नारायणगोपालको सम्झनामा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा नेपाली, नर्वेजियन र अन्य विदेशी कलाकारले संयुक्त रूपमा २८ वटा धुन प्रस्तुत गरेका छन् ।

कार्यक्रमको सुरुमा नेपाली राष्ट्रिय गानको धुन र त्यसपछि नर्वेजियन धुन बजाइएको थियो । दुई घन्टाको कार्यक्रमअन्तर्गत नेपाल, नर्वे, बेलायतलगायत विभिन्न देशका वाद्यवाधकले चर्चित गीतका धुनहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक गायक तथा संगीतकार राजकुमार श्रेष्ठले विदुर शर्मा गौतमको सहयोगमा २०१३ बाट यो कार्यक्रम आयोजना गर्दै आएको बताए । नर्वे सरकार र राजदूतावासले यसका लागि सहयोग गरेको उनले जानकारी दिए ।  अन्नपूर्ण चेम्बर अर्केस्ट्राको प्रस्तुति रहेको उक्त कार्यक्रमको आयोजना तलेजु धनकुमारी कोषले गरेको हो ।