मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २९ बुधबार १५:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सडक दुर्घटनामा एकै परिवारको एकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
२०७६ असोज २९ बुधबार १५:२२:००

पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ पथलैया सडक खण्डको १२ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सर्लाहीको बरहथवाबाट काठमाडौं जाँदै गरेको एकै परिवारका तीन जना सवार ना.३५ प ४२२९ नम्बरको मोटरसाईलकलाई बिपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिँदा सर्लाही बरहथवाका २१ वर्षीय किर्ती काफ्लेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।  

उक्त दुर्घटनामा परी अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेहरुमा मृतकका बुवा ४५ वर्षीय निरुप्रसाद काफ्ले र ९ वर्षीय भाई निश्चल काफ्ले रहेका छन् । घाइतेहरुको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । 

ठक्कर दिने ट्रकसहित चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।