लामो समयदेखि सानो पर्दामा सक्रिय भारतीय क्रिकेटर हरभजन सिंह अब ठूलो पर्दामा देखिने भएका छन् । लामो समय आईपीएलमा चेन्नई सुपर किंग्सको लागि खेलेका सिंह चाँडैनै तमिल फिल्म 'दिक्कीलूना'मा देखिने भएका छन् ।
उनले ट्वीटरमा आफ्ना फ्यानहरूसँग शेयर गर्दै लेखेका छन्, 'मेरो तमिल चलचित्रसँग परिचय भयो, म यसका लागि फिल्मी टोलीलाई धन्यवाद दिन्छु।'
फिल्मको निर्देशन कार्तिक योगीले गर्ने छन् भने, निर्माता केजेआर स्टूडियो र सोल्जर फयाक्ट्रि रहेका छन् । फिल्ममा एआर रहमानले संगीत दिनेछन्।
एजेन्सीकाे सहयाेगमा