मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २९ बुधबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार

नुवाकोटमा बसले किच्दा एक बालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ असोज २९ बुधबार १४:०३:००

नुवाकोटको बट्टार बजारमा दुई बसले एक अर्कालाई ओभरटेक गर्ने क्रममा एक बालकको ज्यान गएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार पासाङल्हामु बस सेवा कम्पनी र केरुङ यातायात प्रालिका बसबीच एकले अर्कालाई उछिन्ने गरी तिब्र गतिमा बस कुदाउँदा एक बालकलाई किचेको छ । 

केरुङ यातायात प्रालिको बा ४ ख ७५०४ नम्बरको बसले तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका ११ वर्षीय बालक युनिक तामाङलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । बिरामी रहेका युनिक अभिभावकसँग उपचारको लागि बट्टार गएका थिए । 

उपचारपछि मेडिकल हलबाट बाहिर निस्कनासाथ बालकलाई बसले किचेको प्रत्यक्षदर्शीले बताएका छन् । 

बालकलाई किचेर भाग्न खोजेको बसलाई स्थानीयले नियन्त्रणमा लिएर तोडफोड गरेका छन् । बस चालक विदुर नगरपलिका ७ तुप्चेका राउता तामाङलाई स्थानीयले कुटेर घाइते बनाएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले बसलाई जलाउने प्रयास गरेपछि भीड तितरबितर पार्न प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको छ । घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।