मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २९ बुधबार १३:०२:००
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित चार जना पक्राउ 

Read Time : < 1 मिनेट
२०७६ असोज २९ बुधबार १३:०२:००

झापाको मेचीनगर नगरपालिका ६ मेचीपुलबाट १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन ।  मंगलबार साँझ लागुऔषध नियन्त्रण व्यूरो काकडँभिटाको प्रहरी टोलीले ब्राउन सुगरसहित एक जना भारतीय र तीन जना नेपालीलाई पक्राउ गरेको हो । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसार पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका ६ का १५ वर्षीय दिपेश बिक, १६ वर्षीय पदम राई, १७ वर्षीय सुजन भुजेल र भारत पश्चिमबंगाल राज्य वतासीका २१ वर्षीय शुभसंकर दास रहेका छन ।