Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २९ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
विश्व

जापानको आँधीमा मारिनेको संख्या ६४ पुग्यो

Read Time : < 1 मिनेट
२०७६ असोज २९ बुधबार ०७:४९:००

जापानमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार ‘हागिबिस’ नामक आँधीबाट मंगलबारसम्म मृत्यु हुनेको संख्या ६४ पुगेकोे छ । आँधी प्रभावितको उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते भएकाले मृतकको संख्या अझै बढ्न सक्ने 
अनुमान गरिएको छ । 

आँधीबाट विद्युतीय लाइनमा आएको अवरोधका कारण धेरै क्षेत्र प्रभावित भएको छ । उद्योगमन्त्री इसु सुगवाराले आँधीपछि ३४ हजार व्यक्ति अध्यारोमा बस्न बाध्य भएको बताएका छन् । सुगवाराका अनुसार आँधीले सबैभन्दा बढी प्रभावित चिवा प्रान्त र नागानो प्रान्त प्रभावित छ । सबै घरमा बिजुली पुन सञ्चालन हुन एक हप्तासम्म लाग्न सक्ने बताइएको छ । १३ वटा प्रान्तको एक लाख ३३ हजार घरका पानी आपूर्ति बन्द भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विनाशकारी आँधीपछि अझै पनि बेपत्ता रहेका व्यक्तिको खोजी र उद्धारका लागि सेना परिचालन गरिएको छ । आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी–किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता ओझेलमा परेको छ ।

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन्, तर जापान र स्कटल्यान्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकले बताएका छन् । हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ सात बजे प्रवेश गरेको थियो । प्रतिघन्टा २१६ किलोमिटरभन्दा बढीको बेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।