१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २८ मंगलबार १८:५८:००
Read Time : < 1 मिनेट
समाचार

निमित्त प्रहरी महानिरीक्षकद्वारा प्रहरीलाई धन्यवाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २८ मंगलबार १८:५८:००

चीनका राष्ट्रपति सि जिनपिङको २ दिने नेपाल भ्रमणको सिलसिलामा सुरक्षा व्यवस्थापनलाई मजबुत बनाइ आ–आफ्नो जिम्मेवारी त्रुटिरहित तवरले सम्पन्न गरेको भन्दै निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले प्रहरी कर्मचारीलाई धन्यावाद दिएका छन् । उनले प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा प्रहरी कर्मचारीलाई धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री, गृहमन्त्री एवं चीन सरकारबाट समेत नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा भएको उल्लेख गर्दै निमित्त प्रहरी महानिरीक्षक कार्कीले भने, ‘यसको हकदार संगठन प्रमुखदेखि सबै दर्जाका प्रहरी कर्मचारीहरु रहेका छन् ।’

निमित्त महानिरीक्षक कार्कीले सुरक्षामा सफल व्यवस्थापनको प्राप्त अनुभवबाट आगामी दिनमा अझै उत्कृष्ट रूपमा अगाडि बढाउन निर्देशन दिए । उनले थपे, ‘सबल टिम, सामुहिक भावना र भूमिका पूरा गर्नु नै सफलता हाे । त्यो सबैले बुझ्नुपर्छ ।’ संगठनलाई उत्कृष्ट बनाउन व्यवसायिकताका साथ जिम्मेवार भएर राज्यले दिएको दायित्व रचनात्मक रुपमा सम्पादन गर्न अग्रसर हुनुपर्ने उनको भनाइ थियाे ।

अपराधविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुन पर्नेमा जोड दिँदै समाजमा हुने आवाञ्छित गतिविधि नियन्त्रणमा कानूनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाई अगाडि बढ्न उनले निर्देशन दिएका छन् । साथै नजिकिँदै गरेका महान चाड शुभ दिपावली, छठ पर्व एवम् नेपाल संवतको सबैलाई शुभकामना दिँदै उक्त समयमा कुनै पनि अपराधिक गतिविधि हुन नदिन थप सक्रिय रुपमा जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो । 

यसअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा उत्कृष्ट रुपमा सुरक्षा व्यवस्था मिलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा निकायलाई धन्यवाद दिएका थिए । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।