१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २८ मंगलबार ०८:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

कालीप्रसाद बाँस्कोटाको माझी सार्वजनिक

टुबोर्ग ओपन सेसन्स् सिजन–२

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २८ मंगलबार ०८:१७:००

गायक, गीतकार तथा कम्पोजर कालीप्रसाद बाँस्कोटाको लोकप्रिय गीत ‘माझी’ को प्रत्यक्ष प्रस्तुति ‘टुबोर्ग ओपन सेसन्स् सिजन–२’ मा सार्वजनिक भएको छ । टुबोर्ग र च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने ‘टुबोर्ग ओपन सेसन्स् सिजन–२’ एक युट्युब सिरिज हो, जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएका विभिन्न ख्यातिप्राप्त कलाकारको प्रस्तुतिहरू पेस गरिन्छ ।

बाँस्कोटाको लोकप्रिय गीत ‘माझी’ ‘टुबोर्ग ओपन सेसन्स् सिजन–२’ को दोस्रो संस्करणमा प्रस्तुत गरिएको पहिलो गीत हो । गीतका शब्दले एक माझीको आशा, वेदना, भाग्य र गन्तव्यको कथा बताउँछ । बाँसुरीको आनन्ददायी धुन र बाँस्कोटाको स्वरले गीतलाई जीवन्त बनाएको छ । चलचित्र ‘पुरानो डुंगा’का लागि बाँस्कोटाले लेखेको यो गीत दर्शक÷श्रोताको मन छुन सफल भएको छ । गीतको संगीत निर्माता तथा एरेन्जर रोहित शाक्य हुन् ।

बाँस्कोटाका अधिकांश गीत निकै चर्चित बनेका छन् । दर्शक÷श्रोताको रुचिमा परेकाले ती गीतले थुप्रै सांगीतिक अवार्ड पनि पाएका छन् । ‘टुबोर्ग ओपन सेसन्स् सिजन–२’ले पहिलो संस्करणमा जस्तै नेपाली संगीतकारहरूलाई सँगै ल्याई थुप्रै नयाँ सांगीतिक प्रस्तुति र सहकार्य पेस गर्ने क्रम जारी छ ।