मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
माइकल क्रेमर, अभिजित बनर्जी र इस्थर डुफ्लो
२०७६ असोज २८ मंगलबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ

तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

Read Time : < 1 मिनेट
२०७६ असोज २८ मंगलबार ०८:००:००

यस वर्ष सन् २०१९ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री माइकल क्रेमर तथा फ्रान्सेली अर्थशास्त्री इस्थर डुफ्लो र उनका श्रीमान् भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजित बनर्जीलाई एकसाथ प्रदान गरिने ‘रोयल स्विडिस एकेडेमी अफ साइन्सेस’ले घोषणा गरेको छ । 

यससँगै डुफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति तथा  दोस्रो महिला बनेकी छिन् । उनी म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा अर्थशास्त्र पढाउँछिन् । कोलकाता र जवाहरलाल नेहरू विश्वविद्यालयमा पढेका बनर्जीले अमेरिकास्थित हार्डवर्ड विश्वविद्यालयबाट पिएचडी गरेका छन् । उनी डुफ्लोको पिएचडीका सुपरभाइजर पनि हुन् । हाल उनी पत्नीसँगै म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा अर्थशास्त्रको प्राध्यापक छन् । 

इस्थर डुफ्लो अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति तथा दोस्रो महिला बनेकी छिन् । उनी म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा अर्थशास्त्र पढाउँछिन् । 

उनीहरूले विकास गरेका प्रयोगधर्मी नवीन दृष्टिकोणले विश्वव्यापीस्तरमा गरिबी उन्मूलनमा गरेको योगदानका लागि पुरस्कार दिइएको समितिले जनाएको छ । ‘उनीहरूको खोजले गरिबीसँग लड्ने हाम्रो क्षमतामा नाटकीय सुधार गरेको छ,’ नोबेल समितिले भनेको छ, ‘उनीहरूको खोजले विकास अर्थशास्त्रमा व्यापक परिवर्तन ल्याएको छ ।’ 

अर्थशास्त्रको यो पुरस्कार नोबेल पुरस्कार नै भने होइन । यो पुरस्कारको स्थापना अल्फ्रेड नोबेलले गरेका पनि होइनन् । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंकले अल्फ्रेड नोबेलको सम्झनामा ‘द भेरिगेज रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेस इन मेमोरी अफ अल्फ्रेड नोबेल’को स्थापना गरेको थियो । त्यसयता यसलाई रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले नोबेल पुरस्कारकै सिद्धान्तअनुसार प्रदान गर्दै आएको छ ।