मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रोहितराज पराजुली
२०७५ पौष २५ बुधबार १८:३२:००
Read Time : > 1 मिनेट
समाचार

गण्डकी प्रदेश : नेकपाका सचेतकले दुई पार्टीका नाममा सुविधा लिँदै !

संसद् सचिवालय भन्छ– एकीकरण भएको पत्र नआएसम्म सुविधा रोक्न मिल्दैन

Read Time : > 1 मिनेट
रोहितराज पराजुली
२०७५ पौष २५ बुधबार १८:३२:००

२३ पुसमा सुरु भएको गण्डकी प्रदेशको हिउँदे अधिवेशनमा सभामुख नेत्रनाथ अधिकारिले सांसद मायानाथ अधिकारिलाई बोल्ने समय दिए । त्यसपछि रोष्टममा पुगेर बोल्न सुरु गरेका अधिकारीले भने ‘नेकपाको संसदिय दलको तर्फबाट सबैलाई स्वागत छ ।’

अधिकारीले यसो भनिरहँदा संसद सचिवालयबाट भने तत्कालीन एमालेको सचेतकको रुपमा हालसम्म सेवा सुविधा लिइरहेका छन् । उनी मात्र हैन तत्कालीन माओवादी पार्टीका सचेतक रहेकी गायत्री गुरुङले समेत सचेतकको रुपमा हालसम्म सेवा सुविधा लिइरहेकी छन् ।

तत्कालीन  एमाले र माओवादी केन्द्र ३ जेठ ०७५ मा एकीकरण भएर नेकपा बनेसँगै गण्डकी प्रदेशमा रहेका एकीकृत नेकपाका सांसदको १३ जेठमा बैठक बसेर संसदीय दल एकीकण गरी दलको नेतामा पृथ्वी सुब्ब गुरुङलाई चयन गरे । तर, बाँकी पदाधिकारी चनय गरेनन् । संसदीय दल एकीकरण भएको ७ महिना १३ दिनपछि मंगलबार अर्थात् २४ पुसमा बसेको दलको बैठकले प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरुङलाई चयन गरेको छ । 

पार्टीसँगै संसदीय दल एकीकरण भएको सात महिना पुग्दा समेत एकीरण अघि दुवै पार्टीको सचेतक रहेका उनीहरुले पुरानै पार्टीको सचेतकको रुपमा संसद सचिवालबाट सेवा सुविधा लिन भने छाडेका छैनन् । गण्डकी प्रदेशका सांसदहरुको मासिक तलव ४५ हजार रहेकोमा दलको सचेतकको दुई हजार वढी अर्थात् ४७ हजार रुपैया रहेको छ । 

अन्य सांसदको भन्दा सचेतकको नाममा अधिकारी र गुरुङले मासिक दुई हजार बढी तलव बुझ्दै आएका छन् भने सचेतकलाई गाडी उपलब्ध नगराएसम्म यातायातको नाममा मासिक १० हजार र निजी सचिवालय बन्दोवस्त र व्यवस्थापनको नाममा मासिक एक हजार पाँच सय रुपैयाँ बुझ्दै आएका छन् । दुवैले नियम विपरित सवै सुविधा बापत मासिक १३ हजार पाँच सय रुपैयाँ अन्य सांसदको भन्दा बढी बुझ्दै आएका छन् ।

संसद सचिवालयले भने पार्टी एक भएको भन्ने केही जानकारि नआएकोले दुबैलाई सेवा सुविधा दिइरहेको जानकारी दिएको छ । एक कर्मचारीका अनुसार बाहिर पार्टी एक भएको थाहा भए पनि संसाद्लाई औपचारिक जानकारी नगराएकाले सेवा सुविधा रोक्न नमिल्ने बताए । उनले भने,‘जबसम्म दुई पार्टीको संसदीय दल एकीकरण भएको लिखित पत्र सचिवालमा आउँदैन तबसम्म सुविधा सचिवालयले रोक्न मिल्दैन ।’ मायानाथ अधिकारीले छलफल गरेर निर्णय लिने बताए भने गायत्री गुरुङले एकछिन पछि फोन गर्छु भनेर फोन सम्पर्कमा आइनन्. ।