१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ असोज २५ शनिबार ०८:४६:००
Read Time : < 1 मिनेट
अर्थ

उपल्लो डोल्पामा महँगियो स्याउ 

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने डोल्पा
२०७६ असोज २५ शनिबार ०८:४६:००

एउटै दाना स्याउको मूल्य करिब पचास रुपैयाँ । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । तर, डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा एक दाना स्याउको मूल्य झन्डै ५० रुपैयाँसम्म पर्छ भन्दा पत्याउनैपर्ने हुन्छ । तल्लो डोल्पामा १० रुपैयाँ पर्ने स्याउ उपल्लो डोल्पामा ५० रुपैयाँमा बिक्री हुनेगरेको हो । तल्लो डोल्पामा एक किलो स्याउ ४० देखि ५० रुपैयाँ पर्छ ।

अप्ठ्यारो जोखिमयुक्त बाटो हुँदै तीन दिन लगाएर ढुवानी गर्नुपर्ने भएकाले स्याउ महँगो पर्ने गरेको व्यापारीहरूले बताएका छन् । उपल्लो डोल्पामा स्याउ नफल्ने भएकाले तल्लो डोल्पाबाट घोडा, खच्चर र याकमा बोकाएर ढुवानी गर्ने गरिन्छ । घोडा खच्चरमा ढुवानी गर्दा प्रतिकिलो ५० देखि सय रुपैयाँसम्म पर्ने भएकाले स्याउको ढुवानी रकमका आधारमा स्याउको मूल्य पनि धेरै पर्ने व्यापारी बताउँछन् ।

उपल्लो डोल्पामा स्याउ नफल्ने भएकाले ढुवानी गरेर ल्याएको स्याउ महँगो मूल्यमा बिक्ने गरेको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले बताए । विशेष पर्व अवसरमा मानिसको भिडभाड हुने वेला तल्लो डोल्पाबाट स्याउ बिक्रीका लागि व्यापारीहरूले ल्याउने गरेको अध्यक्ष गुरुङले बताए । मेलापर्वमा स्याउ बेचेर व्यापारीले एक लाखसम्म आम्दानी गर्ने गर्छन् । डोल्पा कर्णालीमै स्वादिष्ट स्याउ फल्ने जिल्लाको रूपमा परिचित छ ।