मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असोज २४ शुक्रबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार

अवैध रुपमा भारतबाट ल्याइएका एक सय २ कार्टुन स्याउ सिमाबाट बरामद

Read Time : < 1 मिनेट
२०७६ असोज २४ शुक्रबार १९:५५:००

शसस्त्र प्रहरी बल नेपाल विओपी सम्सीले शुक्रबार भारतबाट ल्याएको स्याउ नेपालतर्फको दशगजामा रहेको एक घरबाट नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको छ । 

अवैध रुपमा नेपाली सिमाभित्र स्टोर गरि राखेको अवस्थामा १०२ कार्टुन स्याउ बरामद गरेको विओपी सम्सीका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक नवराज पुडासैनीले बताए । उनले करब ६० हजार रुपैयाँ बराबरको स्याउ बरामद गरिएको बताए । 

वैद्य तरिकाले सामान ल्याउने व्यापारीले नेपाली सिमामा सामान ल्याउनासाथ सुरक्षा टोलीलाई खबर गर्ने र सुरक्षा टोलीकै निगरानीमा भन्सार ल्याई भन्सार तिर्ने गरिएपनि सुरक्षाकर्मीलाई जानकारी नदिइ भन्सार छल्ने मनसायका साथ दशगजा मै रहेको एक घरमा स्टोर गरि राखिएकोमा सूचनाको आधारमा समातिएको शसस्त्र प्रहरी निरीक्षक पुडासैनीको भनाई छ ।

छोटी भन्सार कार्यालय सम्सीले उक्त स्याउ लिलामी प्रकृयामा लग्ने भन्सार कार्यालयले जनाएको छ ।