मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २४ शुक्रबार ०६:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २४ शुक्रबार ०६:१७:००

जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा फौजदारी अभियोगअन्तर्गत प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बनमा परेको छ । महराले अब संसद् सदस्यको हैसियतमा कुनै काम गर्न नपाउने र सेवा–सुविधा तथा पारिश्रमिक पनि नपाउने सूचना संघीय संसद्ले बिहीबार सार्वजनिक गरेको हो । 

फौजदारी अभियोगमा कुनै सांसद पक्राउ परेको प्रहरीले जानकारी गराएपछि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ३ अनुसार पदमुक्त हुने र सेवा–सुविधा पनि रोकिने व्यवस्था छ । ‘कुनै सांसद पक्राउ परी प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पुर्पक्षका लागि थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन,’ नियममा भनिएको छ ।