मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २३ बिहीबार १८:०५:००
Read Time : < 1 मिनेट
समाचार

हुम्लामा जिप दुर्घटना, पाँचजना घाइते

Read Time : < 1 मिनेट
२०७६ असोज २३ बिहीबार १८:०५:००

हुम्लाको सदरमुकाम सिमिकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जना घाइते भएका छन् । लु २ च २२६७ नम्बरको उक्त जिप स्याप्ने खोला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनाका घाइत पाँचै जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिपमा १३/१४ जना यात्रु भएको भनिए विस्तृत विवरण आउन सकेको छैन । दुर्घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारमा खटिएका छन् ।