सरकारद्वारा मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक

२०७६ असोज २३ बिहीबार १६:५३:००

सरकारले मन्त्रीपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । असोज १७ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय बिहीबार सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । 
यस्तो छ  मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय :

१. विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू. २ अर्व ७१ करोड १३ लाख अनुदान  सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।
. आर्थिक वर्ष ०७६/७७ मा मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४. सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

. नख्खुखोला–भैसेपाटी–बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

. नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

 


 

सम्बन्धित समाचार