मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २३ बिहीबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार

यौनकाण्डमा पक्राउ परेका मालपोत  प्रमुख र महिलामाथी सार्वजनिक मुद्दा 

Read Time : < 1 मिनेट
२०७६ असोज २३ बिहीबार १६:३५:००

यौनकाण्डमा पक्राउ परेका बेलौरी मालपोत कार्यालय कञ्चनपुरका प्रमुख भोज बहादुर ऐडी महिलामाथी सार्वजनिक मुद्दा दर्ता भएको छ । बेलौरी स्थित महिलाकै घरबाट पक्राउ परेका कार्यालय प्रमुख ऐडी र विवाहित ३४ वर्षीय महिला विरुद्ध कञ्चनपुर प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको हो । 

कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले गलत कार्य गरेकाले कार्यालय प्रमुख ऐडी र महिला दुवैमाथी सार्वजनिक मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढेको बताए । बेलौरी प्रहरीले दुवैलाई जिल्ला प्रहरी कार्यालय पु-याएको छ । 

इलाका प्रहरी कार्यालय बेलौरीले गयराती दुवैजनालाई महिलाकै घरबाट शंकास्पद अवस्थामा पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए । बेलौरी प्रहरीले उनीहरुलाई एक रात हिरासतमा राखेर दुवैलाई थप कारबाहीका लागि जिल्ला कारागार चलान गरेको थियो । 

कहिले बेलौरी नगरपालिका प्रमुख त कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेवारी पाएर काम गर्दै आएका ऐडी दशैँ विदामा समेत घर गएका थिएनन् । डडेल्धुरा घए भएका उनी दशैंमा घर जान छाडेर ति विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । बेलौरी प्रहरीका अनुसार ति दुवैको केही समय अघिदेखि अवैध यौनसम्बन्ध रहेको जनाएको छ ।