मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असोज २३ बिहीबार १६:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मदिरा सेवन गरी मध्यरातमा माइजु भेट्न  गएका तरुण दलका सभापति कुटिए

Read Time : < 1 मिनेट
२०७६ असोज २३ बिहीबार १६:०६:००

मामा घरमा नभएको मौका पारी मदिरा सेवन गरेर राती माईजु भेट्न गएका कांग्रेस निकट नेपाल दरुण दल महाकाली नगरपालिकाका सभापति डम्बर राना(मगर) कुटिएका छन् । रानाले माइजु नाता पर्ने एक महिलालाई मध्यरातमा भेट्न उनकै घर गएपछि  महिलाका आफन्तले गयराती कुटपिट गरेका हुन् । 

महिलाका आफन्त एवं छरछिमेकीले श्रीमान नभएका मौकामा बलात्कार गर्न आएको आरोपमा रानामाथी कुटपिट गरेका थिए । उनीसंगै महिलालाई समेत हातपात गरिएको प्रहरीले जनाएको छ । 

महिलाका आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरीले महिला सहित रानालाई नियन्त्रणमा लिएकाे थियाे । मदिरा सेवन गरेका रानालाई एक रात हिरासतमा राखेपछि प्रहरीले परिवारलाई बुझाएको छ । तर, महिलालाई भने राति नै परिवारको जिम्मा लगाएर छाडिएको थियो ।

इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी इन्चार्ज एवं निरीक्षक चेतराम पनेरुले महिलाका श्रीमान घर नभएको मौका पारेर रानाले मदिरा सेवन गरेर त्यहाँ गएकाले घरपरिवार छिमेकीले देखेपछि कुटपिट गरेको बताए ।