मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २३ बिहीबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार

गोलीसहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७६ असोज २३ बिहीबार १५:३३:००

प्रहरीले एसएलआर राईफलमा लाग्ने गोलीसहित एक युवकलाई पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका ३ दुर्गा मन्दिर नजिकै चेकजाँचका क्रममा स ९ प १७२९ नम्बरको मोटरसाईकलमा रहेका लक्ष्मीपुर पतारी गाउँपालिका १ का २० वर्षीय राम विनय साहलाई पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा साहले बोकेको झोलामा एलएलआर राईफलमा लाग्ने गोली १ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका साहलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्वरीमा राखिएको छ । 

लागुऔषधसहित तीन युवक पक्राउ

यस्तै भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागुऔषधसहित सप्तरीको सुरुङगा नगरपालिका ३ का उपेन्द्र चौधरी, विवेक कुमार चौधरी र रंजित मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उपेन्द्रकाे साथबाट ९०,  विवेकको साथबाट ९० र मण्डलको साथबाट एक सय २० पिस नाइट्राभेट नामक लागुऔषध बरामद गरेको जनाएको छ ।