Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २३ बिहीबार १४:५९:००
Read Time : > 1 मिनेट
समाचार

अपहरणमा परेको ६ घण्टा भित्रै युवतीको सकुशल उद्धार 

अपहरणकारीको साथबाट आठ राउण्ड गोलीसहित लागुऔषध बरामद

Read Time : > 1 मिनेट
२०७६ असोज २३ बिहीबार १४:५९:००

बुधबार राति दसैं मेला हेरेर फर्कदै गरेको युवतीलाई अपहरण गर्ने पाँच जना मध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत गोलबजार नगरपालिकाको मुसहर्नियाबाट अपहरण गरिएको युवतीलाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको हो । 

अपहरणमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका ९ का २४ वर्षीय रामप्रकाश गोईत, ३६ वर्षीय गणेश कुमार यादव र २२ वर्षीय नथुनी भनिने चतुरानन्द यादव रहेका छन् । 

अपहरण गरी भारतीय नम्बर प्लेट बीआर ३२ पीए ४२६२ नम्बरको जिप ल्याइएको अवस्थामा सिरहा नगरपालिका ९ गुलरीया चौकबाट युवतीलाई सकुशल उद्धार गरिएको प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले बताए । साथै प्रहरीले उनीहरुको साथबाट आठ राउण्ड गोली र तीन सय पिस नाइट्राभेट १० नामक लागुऔषधसमेत बरामद गरेको छ । 

अपहरणमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको उनले बताए । 

यस्तो थियो घटना 
लहान बजारमा लागेको दसैं मेला हेरेर राति २ बजे मोटरसाईकलमा आफन्त सदिप र समिर चौधरीसँगै फर्किएकी युवतीलाई स्कोर्पियो जिपमा आएका पाँच जनाले बाटो छेकी अपहरण गरेका थिए । 

अपहरणकारीले मोटरसाईकलमा रहेका सुदिप र समिरलाई कुटपिट गर्दै युवतीलाई जिपमा राखेर पश्चिमतर्फ लागेको थियो । चोहर्वा चौकदेखि सदरमुकाम सिरहा आउने क्रममा जिप गुलरीयाको सारस्वरको नालामा फसेपछि प्रहरीले युवतीलाई सकुशल उद्धार गर्न सफल भएको थियो । 

गाडीमा आफुमाथि बलात्कारको प्रयास भएको बयान प्रहरी समक्ष युवतीले दिएको प्रहरी उपरीक्षक चर्तुवेदीले बताए । 

उदयपुरबाट आफन्तको घर आएकी १६ वर्षीया युवती अपहरणमा परेको सूचनाको आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो । बुधबार बिहान २ बजे घटनाबारे सुचना पाएको प्रहरीले जिल्लाको प्रत्येक चेकप्वाईनमा कडाईका साथ चेक जाँच थालेको थियो । 

पक्राउ परेका विरुद्धमा प्रहरीले अपहरण, जबरजस्ती करणी र लागुऔषध मुद्दामा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।