मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज २३ बिहीबार १२:३९:००
Read Time : < 1 मिनेट
प्रदेश

डोल्पाको त्रिपुराकोटमा कन्केलेभ आयोजना हुँदै 

Read Time : < 1 मिनेट
२०७६ असोज २३ बिहीबार १२:३९:००

हिमाली जिल्ला डोल्पामा डोल्पो कन्केलेभ २०७६ आयोजना हुने भएको छ । त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने त्रिपुराकोट बगरमा ३० असोजदेखि ५ कार्तिकसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।

त्रिपुरासुन्दरी कला सँस्कृति समाज डोल्पाले आयोजना गर्ने सो कार्यक्रमका अवसरमा बृहत साँस्कृतिक प्रदर्शनी, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुला दौड प्रतियोगिता, कृषि उद्योग तथा घरेलु उद्योग प्रदर्शनीलगायतका कार्यक्रमहरु गरिने आयोजकले जनाएको छ ।

प्राचिन कला सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको त्रिपुरासुन्दरी कला सँस्कृति समाजले प्रत्येक वर्ष चाडपर्वको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको अध्यक्ष देबीसर बुढाले जानकारी दिए ।

यस्ता कार्यक्रमले गाँउ समाजमा मेलमिलाप कायमगर्दै सकारात्मक सन्देशसमेत दिने अध्यक्ष बुढाको भनाइ छ ।