मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार १६:१२:००
Read Time : < 1 मिनेट
प्रदेश

वन मन्त्रालयका सहसचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २५ बुधबार १६:१२:००

वन तथा वातावरण मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति आर्जन गरेका भन्दै उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनको एक करोड ३४ लाख रुपैयाँ अकुत सम्पति रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । लामो समय मालपोत र यातायात कार्यालयमा काम गरेका श्रेष्ठमाथि यातायात व्यवस्था विभागको महानिर्देशक हुँदादेखि आयोगले छानबिन सुरु गरेको थियो । 

भ्रष्टाचार गरी जम्मा बनाएकाे सम्पति श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत राखेकाले उनीहरुलाई समेत प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको छ ।