१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कोहलपुर
२०७६ असोज २३ बिहीबार ०८:१५:००
Read Time : < 1 मिनेट
समाचार

९८ हजार नगदसहित जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कोहलपुर
२०७६ असोज २३ बिहीबार ०८:१५:००

नेपाल प्रहरीले ९८ हजार रुपैयाँ नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

जुवा खेलिरहेका अन्य तीन जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्रीका साथबाट ९८ हजार दुई सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक  शिवबहादुर सिंहले जानकारी दिए । रासस