मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
बिष्णु शर्मा दैलेख 
२०७६ असोज २२ बुधबार १८:३३:००
Read Time : < 1 मिनेट
समाचार

टीका लगाउन हिडेका दम्पतीको खोलाले बगाएर मृत्यु

Read Time : < 1 मिनेट
बिष्णु शर्मा दैलेख 
२०७६ असोज २२ बुधबार १८:३३:००

दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवबाट नारायण नगरपालिका १ साँडु टीका लगाउन हिडेका दम्पतीको छामघाट खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया खगिसरा सुनार र उनका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनार रहेका छन् । 

दसैंको पहिलो दिन घरमा टिकाटाला सकेर दम्पती आफन्तकोमा टिका लगाउने हिडेका थिए ।  दुल्लू न.पा. ११ को छामघाट खोलाको लग्नेटारमा उनीहरुको शव भेटीएकोे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मंगलबार रातिनै शव भेटीएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

इन्द्रबहादुरको शव माछा थुन्न बनाएको ‘सरिल’मा अड्किएको र खगिसरा अलि माथि खोलामै डुबेको अवस्थामा फेला परेका थिए । दुवै जनाको जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पोष्टमार्टम पश्चात परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।