मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ असोज २२ बुधबार १४:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग

मातापिताको तस्बिर उपहार पाएपछि भावुक बने शाहरुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नयाँ दिल्ली
२०७६ असोज २२ बुधबार १४:२८:००

बलिउडका बादशाह शाहरुख खान सोसल मिडिया मार्फत आफ्ना फ्यानहरूसँग कुरा गर्ने गरेका छन् । उनी 'ह्यासटेयाग आक्स एसआरके'  #AskSRK मार्फत आफ्ना फ्यानहरुसँग कुरा गर्ने गरेका छन् । जहाँ उनका फ्नहरुले उनलाई प्रश्न सोध्छन् र उनले प्रत्यक्ष जवाफ दिन्छन् । 

दसैंको अवसरमा पनि शाहरुखले आफ्ना फ्यानहरुलाई ट्वीटरमा  #AskSRK मार्फत शुभकामना दिए । यसै अवसरमा उनलाई कोहीले बलिउडमा कहिले फर्कने जस्ता प्रश्नसमेत गरेका थिए । यसै अवसरमा उनले यसपटक आफ्नो फ्यान मार्फत अमूल्य उपहार पाएका छन् । 

एक ट्विटर प्रयोगकर्ताले शाहरुखका आमा बुवाको आफ्नै हातले बनाएको चित्र शेयर गर्दै लेखे, 'तपाईका लागि उपहार भाई, हेर्नुहोला, धेरै मेहनत गरेको छु। मलाई थाहा छ यो राम्रो छैन तर तपाइले मन पराउनुहुनेछ। धेरै माया।'

जवाफमा शाहरुखले भने, 'धन्यवाद, मैले यो फोटोहरू सुरक्षित राखेको छु । म यसलाई प्रिन्ट गर्छु र मेरो कोठामा राख्छु।'

एजेन्सीकाे सहयाेगमा