१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका चितवन
२०७६ असोज २२ बुधबार ०९:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मुग्लिनमा बस दुर्घटना, ३८ जना घाइते, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका चितवन
२०७६ असोज २२ बुधबार ०९:२९:००

चितवनको मुग्लिनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस