मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
नयाँ पत्रिका नवलपरासी
२०७६ असोज २२ बुधबार ०८:०९:००
मुख्य समाचार

दुई सहकारीले गरे दुई करोड ५० लाखको खसीबोका बिक्री

नयाँ पत्रिका नवलपरासी
२०७६ असोज २२ बुधबार ०८:०९:००

नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादसैंमा दुई करोड ५० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन् । 

गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुैंमा मात्र दुई करोड ३० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो । 

बडादसैं सुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताए । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उनले बताए । सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताए । उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उनले बताए । 

सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट सङ्कलित खसीबोका बिक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् । 

नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत रु २० लाख बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले बडादसैं लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट २० लाख रुपैयाँ भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष मञ्जु खनालले बताए ।  

उनका अनुसार सहकारीले जिउँदो खसीको मासु प्रतिकिलोग्राम चार सय ६० मा बिक्री गरिएकोे छ । किसानबाटचार सय ५० मा खरीद गरी १० रुपैयाँ मात्र मुनाफा राखेर बिक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताए  

यस्तै मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैँमा कृषकबाट खसीबोका सङ्कलन गरी बिक्री गरेका छ । सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका सङ्कलन गरेर बिक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ ।  रासस