मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस बनेपा
२०७६ असोज २१ मंगलबार १७:३४:००
Read Time : < 1 मिनेट
समाचार

धुलिखेल कारागारमै कैदीबन्दीलाई आफन्तले लगाए टीका  

Read Time : < 1 मिनेट
रासस बनेपा
२०७६ असोज २१ मंगलबार १७:३४:००

दसैंको अवसर पारेर काभ्रेको धुलिखेल कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तले टीका र जमरा लगाइदिएका छन् ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरेको थियो । कैदीबन्दीका आपमmन्तले टीका र जमरा लगाइदिएको कारागार सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए। 

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दसैंभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिदिएको छ । जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्त टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी घर हुनेका परिवार ढिला आउने गरेकाले दसैंभरिका लागि कारागार प्रशासनले व्यवस्था मिलाएको हो । धुलिखेल कारागार २३५ कैदीबन्दी रहेका छन् ।