मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज २१ मंगलबार १६:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

बिरामी छोरीको आश्रय बन्यो गोठ

Read Time : < 1 मिनेट
२०७६ असोज २१ मंगलबार १६:३३:००

नाम्खा गाउँपालिका २ की २५ वर्षीया कुन्छाङ लामालाई उनकै परिवारले ७ महिनादेखि गोठमा राखेका छन् । बिरामी परेर ओच्छ्यानमै दिसा पिसाब हुन थालेपछि अभिभावकले नै उनलाई गोठमा राख्न थालेका हुन् । 

उनलाई गोठमा रातभरी थुनेर राख्ने गरिएको छ । कुन्छाङका बुबा नर्वु लामाले ओच्छ्यानमै दिसा पिसाव हुन थालेपछि गोठमा राखेको बताए । गोठमा उनलाई राखेर रातभरी ताला लगाउने गरिएको छ । 

उनका घरपरिवारले आफु खाना खाएर कुन्छाङ्ग लामालाई अन्तिममा खाना गोठमै पु¥याउने गरेका छन् । चैत महिनादेखि चिसो जमिन भएको गोठ र एउटा कम्बलको भरमा कुन्छाङले रात बिताइरहेकी छिन् । 

कुन्छाङकी आमा लैकु लामा विरामी परेर उपचारका लागि गएका स्वास्थ्यकर्मीले भेटेर उनलाई नुहाइदिएका छन् । जुम्रा परेर शरिर फोहर भएकी लामालार्ई नाम्खा गाउँपालिका २ स्थित केर्मी आधारभुत स्वास्थ्य एकाईमा कार्यरत अनमि सन्जु रावल, र सुहाना हमालले सरसफाई गरिदिएका हुन् ।

लामालाई गाउँकै धारोमा लगेर नुहाइदिएको रावलले बताइन । लामाको पीडा थाहा पाएर पुगेका उनीहरुले गोठबाट निकालेर नुहाइदिएका हुन् ।

अनमी रावलले लामाको अवस्था सारै दयानिय भएको बताइन् । ‘हामीले उनका बुबाआमालाई उपचारका लागि हुम्ला अस्पतालमा ल्याउन भनेका छौं,’ उनले भनिन, ‘उपचार गर्दा ठिक हुन सक्छ ।’