मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज २१ मंगलबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार

डोल्पामा टिका जमरा लगाउने आफ्नै साइत

Read Time : < 1 मिनेट
२०७६ असोज २१ मंगलबार १५:३५:००

दसैंमा देशभरी नै पञ्चाङ्ग निर्णायक समितले निकालेको साइतमा टीका लगाइन्छ । डोल्पाको त्रिपुराकोटमा परापुर्वकाल देखिनै आफ्नै साइतमा  टीका जमरा लगाउने चलन रहिआएको छ । 

त्रिपुरासुन्दरी मन्दिरमा औँशीदेखि सुरु भएको नवरात्रको पुजा  दशमीको बेलुकामात्र सकिने भएकाले मंगलबार राति देखिमात्र टिका जमरा लगाउन सुरु गरिने मन्दिरका मुख्य पुजारी टंकप्रसाद उपाध्यायले बताए । 

‘त्रिपुराकोटका स्थानीयले बिहानै देबीलाई जमरा चढाउन मन्दिरमा लैजाने गर्छन्,’ उनले भने, ‘मध्यान्हको पुजाआजा गरेपछि नवरात्रको पुजाकालागि आएका पुजारी र ब्राम्हणहरुले एक अर्काबीच टिका जमरा लगाएर दसैंको विधिवत बिसर्जन गरेर बेलुकीमात्र घरघरमा टीका लगाउन सुरु गरिन्छ ।’

त्रिपुराकोट बाहेक अन्य गाउँठाउँमा भने ज्योतीषकै साइत अनुसार टिका जमरा लगाइन्छ ।

नवरात्र अवधिभर त्रिपुरासुन्दरी देबीको पुजा गर्न बिभिन्न गाउँबाट ब्राम्हण तथा भक्तजनहरु आउने गर्दछन् । 

त्रिपुरासुन्दरी मन्दिरमा दसैंको अन्तिम दिनको पुजापाठ सम्पन्न गरेर मन्दिर र प्रत्येक घरघरमा भित्र्याइएको फुलपाती खोलामा लगेर विधिवत बिसर्जन गरेपछिमात्रै दशैँ सम्पन्न हुने गर्दछ् ।