मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २१ मंगलबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर छ जना घाइते, दुई चौपाया मरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २१ मंगलबार १३:४१:००

अविरल वर्षासँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । सोमबार राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । 

त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ वर्षीया कोपिला गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते अधिकांशले कान नसुन्ने तथा शरीरको विभिन्न ठाउँमा असर देखिएको प्रहरीको भनाइ छ । चट्याङका कारण स्थानीइ गञ्ज राइको गोठमा बाँधेका दुई वटा भेडा मर्दा ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै स्थानीय ८५ वर्षीय मानबहादुर राईको एक तले घर भत्किँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । 

त्यसैगरी लाम्लुङ गाउँमा रहेको कैकुलघु जलविद्युत आयोजनामा ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सो विद्युत् आयोजनाबाट गाउँमा वितरण गरेको तीन हजार मिटरतार जलेको छ । उक्त स्थान दुर्गममा रहेकोले सूचना सङ्कलनमा समेत समस्या भएको प्रहरीले जनाएको छ । रासस