१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
नयाँ पत्रिका झापा
२०७६ असोज २० सोमबार २१:३२:००
Read Time : > 1 मिनेट
समाचार

नागरिकको जीवनमा परिवर्तन देखिएको छ : प्रधानमन्त्री ओली

Read Time : > 1 मिनेट
नयाँ पत्रिका झापा
२०७६ असोज २० सोमबार २१:३२:००

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।  

वडादसैं शुभदीपावली तथा छठ पर्वका अवसरमा सोमबार आफ्नो गृह जिल्ला झापा क्षेत्र नं ५ को दमकमा आयोजित ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा उनले आपूmले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुटसमेत नहुने बताए ।  

प्रधानमन्त्री ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुनै पनि सम्झौता नगर्ने दृढता व्यक्त गरे । वर्तमान सरकार गठनपछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको बताउँदै उनले हुनेखानेको भन्दा पनि हुँदा खानेको जीवनमा परिवर्तन देखिएको बताए ।  

उनले भने, “वास्तविकरुपमा जो सर्वहारा छन्, विपन्न छन्, उनीहरुमा सरकारको अनुभूति पुगेको छ ।” 
कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजेपनि त्यस्ता कुराले समाजमा गलत प्रभाव मात्र पार्ने छ भन्दै उनले भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकताका साथ लागि परेकाले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नुपर्नेमा जोड दिए ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले हरेक वर्षको दसैंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आएका छन् । यस अघिका वर्षमा उनले झापाको विर्तामोडमा कार्यक्रम गर्दै आएक थिए । यस वर्ष भने गृहनगर दमकमा कार्यक्रमको आयोजना गरे । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली समाजको सद्भाव र एकतालाई बलियो पार्न हरेक चाडवर्पको भूमिका महत्वपूर्ण रहेको बताए । 

नेकपाका प्रदेश नं १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्धरुपमा लागि परेको भन्दै केही भ्रमलाई चिर्न सवै एक हुनुपर्नेमा जोड दिए । 

स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश नं १ का प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्गले चाडपर्वलाई सांस्कृतिसंगै मौलिकताका रुपमा मनाउनुपर्ने बताए ।  

कार्यक्रममा झापाका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।  रासस