१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २० सोमबार १६:१७:००
Read Time : < 1 मिनेट
खेलकुद

करणको उत्कृष्ट प्रदर्शनसँगै नेदरल्याण्ड्समाथि नेपालको रोमाञ्चक जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २० सोमबार १६:१७:००

नेपालले पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा सोमबार नेदरल्यान्ड्सलाई चार विकेटले पराजित गरेको छ । प्रतियोगितामा करण केसीको अलराउन्ड प्रदर्शनले नेपालको यो दोस्रो जित हो । 

ओमानमा जारी प्रतियोगितामा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै १ सय ३३ रन बनाएर सबै विकेट गुमाएको थियो। म्याक्स ओ डोडले सर्वाधिक ४३ रन बनाए।

सन्दीप लामिछानेले २० रनमा चार विकेट लिएका थिए । जवाफमा नेपालले एक बल बाँकी हुँदा छ विकेट गुमाउँदै विजय लक्ष्य हासिल गर्यो । 

करण १४ बलमा ३१ रन जोडेर नटआउट रहे। 
नेपालका लागि कप्तान पारस खड्काले ३३ र विनोद भण्डारीले २६ रनको योगदान गरेका थिए ।