१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस बागलुङ
२०७६ असोज २० सोमबार ०९:०८:००
Read Time : < 1 मिनेट
समाचार

फोटो खिच्ने क्रममा खोलामा खसेर महिला बेपत्ता

Read Time : < 1 मिनेट
रासस बागलुङ
२०७६ असोज २० सोमबार ०९:०८:००

बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट नजिकै ठूलो ढुंगामा अभिएर फोटो खिच्ने क्रममा आइतबार एक महिला नदीमा खसेर वेपत्ता भएकी छिन् । तमानखोला गाउँपालिका–४ घर भई काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली नदीमा खसेर बेपत्ता भएको  प्रहरीले जनाएको छ ।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ घुमाउने र घरमा दसैं मनाउन जान थालेका उनीहरु बडिगाड खोलामा घुम्न गएका थिए । फोटो खिच्ने क्रममा ढुंगाबाट चिप्लिएर शिर्पाली खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको बागलुङका एसपी नवराज भट्टले बताए ।