Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौ
२०७६ असोज १९ आइतबार १७:००:००
Read Time : < 1 मिनेट
समाचार

सभामुख निवासमा प्रहरीको निगरानी बढ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौ
२०७६ असोज १९ आइतबार १७:००:००

काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अनुमती दिएपछि आइतबार अपरान्ह सभामुख निवास बालुवाटारमा प्रहरीको एक टोली पुगेको छ ।

महानगरीय प्रहरी परीसर काठमाडौंका एक अधिकृतले पक्राउ पूर्जी जारी भए पनि अनुसन्धानका अन्य पाटोमा काम भइरहेको बताए । ‘पक्राउ पूर्जी जारी हुने वित्तिकै फिल्मी शैलीमा पक्राउ गरिहाल्नै हैन,’ ती अधिकारीले भने, ‘अनुसन्धानका अन्य काम भइरहेका छन् ।’ 

पक्राउ पूर्जी जारी भएपछि महरालाई पक्राउ गर्न प्रहरीले माथिको आदेश कुरेर बसेको छ । आदेश आउने बित्तिकै पक्राउ गर्ने तयारीमा भने प्रहरी रहेको ती अधिकारीले जानकारी दिए ।