मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोहितराज पराजुली
२०७५ पौष २५ बुधबार १४:१८:००
Read Time : < 1 मिनेट
प्रदेश

गण्डकी प्रदेशले माघे संक्रान्तिमा बिदा दिने

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ पौष २५ बुधबार १४:१८:००

गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति १ माघमा प्रदेशमा सार्वजनिक विदा दिने भएको छ ।


बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यस दिन विदा दिन गरेको प्रस्ताव बैठकले स्वीकृत गर्दै विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले बैठक पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


मन्त्री बस्नेतले प्रदेश सरकारले वर्षमा ६ दिन बिदा दिन पाउने जानकारी दिँदै प्रदेशमा रहेका जात जातीका प्रमुख चार्डपर्वलाई लक्षित गर्दै महत्वपूर्ण अन्य पर्वमा समेत विदा दिने जानकारी दिए । यस अघि गुरुङ जातिको मुख्य पर्व तमु ल्होसारको अवसरमा १५ पुसमा समेत प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो । 
त्यस दिन प्रदेश मातहतका सबै कार्यालयहरु बन्द रहेपनि संघ सरकार अन्र्तगतका सरकारी कार्यालयहरु भने खुलेका थिए ।