१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १८ शनिबार १७:०५:००
Read Time : < 1 मिनेट
समाचार

फुलपातीको दिन जुम्लामा घोडा दौड प्रतियोगिता

Read Time : < 1 मिनेट
२०७६ असोज १८ शनिबार १७:०५:००

दसैको फुलपातीको दिन शनिबार सदरमुकाम खलंगाको राजासिममा घोडा दौड प्रतियोगिता भएको छ । कर्णाली स्पोट्र्स क्लबले विगत तीनवर्षदेखि प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितामा जुम्ली घोडा व्यावसायीहरुको सहभागिता रहेको थियो । घोडा दौडमा ३७ घोडाको सहभागिता रहेको थियो ।

जुम्लामा २२ वर्ष अघि हुने गरेको घोडा दौड प्रतियोगिता जुम्ला विमानस्थल पिच भएपछि रोकिएको थियो । हरेक वर्ष फूलपातीको घोडा दौड जुम्ला विमानस्थलको धावनर्मागमा हुने गरेको थियो । 

घोडा दौड हेर्न गाउँगाउँबाट आउने मानिसको घुँइचो लागेको छ । दुई दशकअघि जुम्ला सडक सञ्जालमा नजोडिएको समयमा जुम्लाका सबै सरकारी कार्यालयका कर्मचारीदेखि हाकिमहरु यातायातको माध्यमका रुपमा घोडा चढने गरेका थिए । 

२०५४ सालमा एयरर्पोट कालोपत्रे भएपछि प्रतियोगिता हुन छोडेको थियो । कर्णाली स्पोट्र्स क्लबले विगत तीन वर्षदेखि परम्परागत सस्कृतिमा आधारित घोडा दौडलाई पुनर्जिवित गर्दा स्थानीय खुसी भएको सस्कृतविद् रमानन्द आर्चायले बताए । उनले यसलाई निरन्तरता दिएर पुस्तान्तरणमा जोड दिनुपर्ने बताए । 

दौडमा तीन विद्यामा प्रतियोगिता गराइएको थियो । घोडा दौड तर्फ पहिलो गुठीचौर गाउँपालिकाका प्रयाक ऐडी, दोस्रो चन्दननाथ नगरपालिकाका कालिका बुढथापा र तेस्रो एकराज थापाका घोडा भएका छन् । प्रतियोगितामा प्रथम दितिय र तृतिय हुने घोडालाई क्रमशः पाँच हजार तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार प्रमाण पत्र र मेडल दौडमा सहभागी सबै घोडालाई प्रदान गरिएको छ ।