Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १८ शनिबार ०७:४४:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीप बेलायतको ‘द हन्ड्रेड ड्राफ्ट’मा

Read Time : < 1 मिनेट
२०७६ असोज १८ शनिबार ०७:४४:००

इंग्ल्यान्डमा सन् २०२० मा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि नेपाली स्टार लेगस्पिनर सन्दीप लामिछाने ड्राफ्टमा पर्न सफल भएका छन् । उनी एक लाख पाउन्ड अर्थात् एक करोड ३९ लाख रुपैयाँको क्याटागोरीमा परेका हुन् ।

इंग्ल्यान्डमा आयोजना हुने नयाँ स्वरूपको यो प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता १७ जुलाईदेखि १६ अगस्टसम्म आयोजना हुँदै छ । मार्की खेलाडी सार्वजनिक भइसकेको प्रतियोगितामा पुरुषतर्फ प्रत्येक टोलीमा तीन–तीन तथा महिलातर्फ दुई–दुई खेलाडी छनोट भइसकेका छन् । २० अक्टोबरमा अन्तिम ड्राफ्ट सार्वजनिक हुनेछ ।

प्रतियोगितामा बर्मिङघम फिनिक्स, लन्डन स्प्रिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्स फायर टिमको सहभागिता रहनेछ । खेलाडीको मूल्य एक लाख २५ हजार, एक लाख, ७५ हजार, ६० हजार, ५० हजार, ४० हजार र ३० हजार पाउन्ड निर्धारण गरिएको छ । टिम कप्तानले १० हजार पाउन्ड थप प्राप्त गर्नेछन् ।