क्यालिफोर्नियामा सडक दुर्घटना, चार जनाको मृत्यु

२०७६ असोज १७ शुक्रबार १९:०८:००

उत्तरी क्यालिफोर्नियाको राजमार्गमा कारले ट्याक्सीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय ट्राफिक प्रहरीका अनुसार कार चलाउने महिला हिल्सबरोकी ३४ वर्षीया एमिली रोस रहेकी थिइन् । 

प्रारम्भिक अनुसन्धानबाट रोसले मदिरा सेवन गरेको खुलेको छ । दुर्घटनाबाट ट्याक्सी चालक ४२ वर्षीय बर्कान्त अहमद र ट्याक्सीमा सवार दुई यात्रु तथा कार चालक रोसको मृत्यु भएको छ ।

यसै वर्ष यस क्षेत्रमा ट्राफिक नियम उल्लंघनका २५ वटा घटना भइसकेको ट्राफिक प्रहरीले जनाएको छ । दशवटा गम्भीर दुर्घटनामा परेर १९ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित समाचार