१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असोज १७ शुक्रबार १७:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

रक्तश्राव भएकी महिलाको हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार १७:४०:००

उच्च रक्तश्राव भएकी  ताजाँकोट गाउँपालिका  ४ स्थित भदालदिपु पानीवाडाँकी ३५ वर्षीया  रिठु जैसीको शुक्रबार हेलिकोप्टरद्वारा उद्धार गरि सुर्खेत पठाइएकाे छ । रक्तश्रावका कारण नौ दिनदेखि उनी थलिएकी थिइन् । 

आर्थिक अवस्था कमजोर भएकी जैसीको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको पहलमा  उद्धार भएको मैला स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट कमल ढकालले जानकारी दिए ।

६ दिन अघि उपचारको लागि स्वास्थ्यौकी आएकी जैसी आर्थिक अवस्था कमजोर भएको कारण घर फर्किएकी थिइन् । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा जैसीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् । 

बिहीबार मात्रै ताजाँकोटबाट सूचना प्राप्त भएपछि आज २ बजे उनको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रजिअ भट्टराईले जानकारी दिइन ।