१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ असोज १७ शुक्रबार १६:५३:००
Read Time : < 1 मिनेट
खेलकुद

जुम्लाका मंगलराज अन्तराष्ट्रिय तेक्यान्दो खेलको लागि छनोट 

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार १६:५३:००

गुठीचौर गाउँपालिका ३ गज्यांकोटका १२ वर्षीय मंगलराज कामी थाइल्याण्डमा हुने ९ औँ अन्तराष्ट्रिय तेक्यान्दो प्रतियोगितामा छनोट भएका छन् । उनी आगामी कार्तिक ६–१२ गतेसम्म हुने डिरक तेक्यान्दो अन्तराष्ट्रिय प्रतियोगिता २०१९ का लागि छनोट भएका हुन् । 

अन्तराष्ट्रिय प्रतियोगितामा छनोट भएपनि आर्थिक अभावका कारण उनी थाइल्याण्ड जानबाट बञ्चित मंगलराजलाई गाउँलेको सहयोग मिलेको छ । 

उनका बावु काले कामीले गाउँपालिकामा सहयोग मागेपनि अन्तिम समयमा गाउँपालिकाले सहयोग गर्न नसक्ने जनाएपछि उनी निरास बनेका थिए । छोरासँग प्रतिभा हुँदा पनि पैसाको कारणले प्रतियोगितामा सहभागी हुँन नपाउने भएपछि उनी सहयोगको लागि गाउँका समाजसेवी दानबहादुर बुढाकोमा पुगेका थिए । बुढा र  चन्दननाथ नगरपालिका – ५ का वडाध्यक्ष अर्जुन सिंह काठायतको सहकार्यमा एक दुई हजार सहयोग संकलन गरेर मंगलराजलाई आवश्यक एक लाख रुपैयाँ रकम संकलन भएको छ । 

शुक्रबार आयोजित रकम हस्तानतरण कार्यक्रममा नागरीक समाजका अध्यक्ष राज बहादुर महतले अबका दिनमा यस्ता खेलाडीलाई प्रोत्साहन गर्न र सहयोग उपलव्ध गराउन अक्षय कोषको स्थापना गर्नु पर्ने बताए ।  

प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहने छ । मंगलराज कामीले सल्यानमा तेकान्दो महासंघले गरेको खेलमा स्वर्ण पदक जितेका थिए ।