मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका डडेल्धुरा
२०७६ असोज १७ शुक्रबार ०९:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

आधा दर्जन ग्रामीण सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डडेल्धुरा
२०७६ असोज १७ शुक्रबार ०९:३३:००

लगातारको अविरल वर्षासँगै आएको बाढी–पहिरोले डडेल्धुराका आधा दर्जन ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । जिल्लाका सातवटा स्थानीय तह जोड्ने कच्ची सडक हिलाम्य तथा भासिँदै गएपछि गाडी नचल्ने अवस्थामा पुगेका हुन् । 

बगरकोट–रुपाल सडक, कोटेली–धनकाट सडक, देवल–राजुल सडक, कोरालखोला–रेल सडक र पोखरा–बेलापुर सडक अविरल वर्षाका कारण अवरुद्ध भएको उग्रतारा यातायात प्रालीले जनाएको छ । ती सडकमा यातायातका साधन नचल्ने अवस्था भएको यातायात कार्यालयले जनाएको छ ।

पाँच दिनदेखि परेको अविरल वर्षाले जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाअन्तर्गत डोला बस्तीस्थित सडक भासिँदा सास्ती भएको गाडीचालक उमेश मालीले बताए । सडकमा ढुंगामुढा राखेर आवतजावत गर्नुपरेको उनले बताए ।

अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिकाको सडक चिरा–चिरा भएर भासिएको छ । गन्यापधुरा–२ को कोर गाउँ जोड्ने जिरो पोइन्ट र पारिखेत जोड्ने सडक अवरुद्ध भएको छ । दसैँ–तिहारमा घर फर्किन लागेका यात्रुहरूलाई ग्रामीण सडक अवरुद्ध भएपछि सास्ती भएको छ ।