मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १७ शुक्रबार ०८:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

गुल्मी सदरमुकामकै वधशाला दुर्गन्धित 

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार ०८:५६:००

सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका वधशाला दुर्गन्धित रहेको पाइएको छ । मासु पसल बाहिरबाट देख्दा चिटिक्क देखिए पनि काट्ने ठाउँ फोहर रहेको पाइएको हो । पछिल्लो तम्घासका मासु पसलले फोहोरमा काट्ने र सफा ठाउँमा बेच्ने गरेका छन् । 

रेसुंगा नगरपालिकाले मासु पसलहरूको अनुगमन गर्दा अधिकांश वधशालाहरू अत्यन्तै दुर्गन्धित अवस्थामा फेला पारेको हो । रेसुंगा नगरपालिकासहित जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चसहितको टोलीले अनुगमन गरेको थियो । बुढाथोकी बसपार्क क्षेत्रमा गुप्ता फ्रेस हाउस र चारपाला मासु पसलले मासु काटने स्थल अत्यन्तै फोहोर स्थानमा काट्ने अनुगमन टोलीले फेला पारेपछि तुरुन्तै सुधार गर्नेगरी कागज गरिएको अनुगमन समिति सदस्य जिल्ला प्रशासन कार्यालयका सुब्बा तुल्सीराम न्यौपाने बताए ।

अनुगमन समितिले तम्घास बजारका एक दर्जन मासु पसलहरू अनुगमन गरेको थियो । अनुगमनको क्रममा मासु पसलहरूले खसी र कुखुराको मासु एकै स्थानमा राखेको समेत फेला पारेको थियो । वध गर्ने अधिकांश स्थानहरू शौचालयको नजिक र सरसफाइ नभएको फेला पारेकाले पहिलोपटक सचेत बनाएको रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक पशुपति मरासिनीले बताए । उनले आगामी एक महिनाभित्र पसल र वधशालाको अवस्था नफेरे कानुनअनुसार कारबाही हुनेसमेत बताए । 

चाडपर्वकेन्द्रित अनुगमन
जिल्लामा वर्षमा एकपटक मात्रै चाडपर्व केन्द्रित बजार अनुगमन हुने गरेको छ । त्यसकारण पनि समस्या ज्युँका त्युँ हुने गरेको छ । नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले पटक–पटक मासु व्यावसायीको कमजोरी देखिएकाले नागरिकपीडित भएको बताए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नागरिक पनि सचेत भएर खबरदारी गर्नुपर्ने बताए ।