Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १७ शुक्रबार ०८:५४:००
Read Time : < 1 मिनेट
प्रदेश

१२ प्रहरीमाथि विभागीय कारबाही

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार ०८:५४:००

जिल्ला प्रहरी कार्यालय पर्साले संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने १२ जना प्रहरीमाथि विभागीय कारबाही गरेको छ । पर्सा प्रहरीले २० जेठयता संगठनको आचरणविपरीत काम गर्ने एक प्रहरी नायब निरीक्षक (सई), तीनजना प्रहरी सहायक निरीक्षक (असई) तथा अन्य जवान गरी १२ प्रहरीलाई कारबाही गरेको हो ।

थप दुईजना प्रहरी हवल्दारमाथि छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कारबाहीमा परेका ६ प्रहरी निलम्बनमा छन् । निलम्बनमा पर्नेमा एक असई, एक हवल्दार र चारजना प्रहरी जवान छन् । पदीय दायित्व निर्वाह नगरेको फेला परेपछि उनीहरूलाई विभागीय कारबाही गरिएको पर्साका प्रहरी उपरीक्षक सामेन्द्रसिंह राठोरले जानकारी दिए । 

कारबाहीमा पर्नेमा सीमा क्षेत्रका प्रहरी
कारबाहीमा पर्नेमा अधिकांश भारतीय सीमा क्षेत्रमा कार्यरत प्रहरी छन् । उनीहरूलाई भारतबाट हुने तस्करीमा संलग्न भएको पाइएपछि कारबाही गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी उपरीक्षक राठोरले गैरव्यावसायिक कार्य, कार्यसम्पादनमा लापरबाही र अनुशासनहीन काम गरेका प्रहरीमाथि कारबाही गरिएको बताए । ‘संगठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोही कारबाहीमा पर्न सक्छन्,’ राठोरले भने ।