अलैँची जोनका लागि २ करोड १८ लाख

२०७६ असोज १७ शुक्रबार ०८:३४:००

अलैँची जोन परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४ हजारबराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँची जोन परियोजना कार्यान्वयन एकाइले चालू आवका लागि १ करोड ५८ लाख ४५ हजार कार्यक्रम सञ्चालन खर्च र ५९ लाख ७९ हजार रुपैयाँ प्रशासनिक, कार्यालय सञ्चालन, तलब तथा भत्ता शीर्षकमा खर्च गर्ने भएको हो ।

अलैँची जोन ताप्लेजुङका निमित्त कार्यालय प्रमुख करण श्रेष्ठले कम्तिमा ३० हजारदेखि बढीमा ६४ लाखसम्मका योजना तय गरिएका छन् । जोनले सबैभन्दा बढी सुधारिएको आधुनिक भट्टी निर्माणमा दिइने अनुदानका लागि ६४ लाख २० हजार रकम खर्च गर्ने भएको हो ।

‘हामीले बजार प्रवद्र्धन र बगान व्यवस्थापनसम्मका कार्यक्रम समावेश गरेर पठाएको थियौँ,’ अलैँची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीले भने, ‘केन्द्रले हाम्रो सिफारिसभन्दा पृथक् कार्यक्रम पठाएछ ।’

यस्तै, प्रांगारिक मल तथा जैविक मल उत्पादन तथा प्रदर्शन, माटो तथा बाली संरक्षण शिविर, जोनलक्षित बालीको बजारीकरणका लागि विपत् वा अन्य कारणले संस्थालाई दिइने अनुदान, उच्च प्रविधि नर्सरी स्थापना अनुदान, अलैँचीसहित स्थानीय कृषिजन्य बाली उत्पादन सामग्रीको कोसेली घर स्थापनामा सहयोग र प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम चालू आवका सञ्चालन हुने भएका छन् ।

ताप्लेजुङका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अरू ६० वटा वडामा अलैँची उत्पादन गरेको तथ्यांकले देखाएको छ ।