मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज १७ शुक्रबार ०७:५२:००
Read Time : < 1 मिनेट
अर्थ

जुम्लामा पेट्रोलियम पदार्थको मनपरी मूल्य

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार ०७:५२:००

जिल्लामा पेट्रोलियम पदार्थ मनपरी मूल्यमा बिक्री हुने गरेको छ । एक मात्र दर्तावाल पेट्रोल पम्पले पेट्रोलियम पदार्थको मागपूर्ति गर्न नसकेकाले खुला पसलमा छ्यापछ्याप्ती खुला पेट्रोलियम पदार्थको किनबेच भएकाले मूल्य पनि मनपरी हुने गरेको हो । पसलपिच्छे फरक–फरक मूल्यमा पेट्रोलियम पदार्थको किनबेच भइरहेको हो । जुम्लामा पहिलोपटक भएको पेट्रोलियम पदार्थको अनुगमनमा कालोबजारी हुने गरेको फेला परेको हो ।

सुष्मा आयल स्टोर्सका सञ्चालक महेन्द्रबहादुर थापाले बिजुली नियमित नहुँदा सबै सवारीसाधनलाई पेट्रोलियम पदार्थको माग सम्बोधन गर्न नसकेको बताए । ‘विद्युत् नहुँदा पेट्रोल पम्पबाट सबैलाई आपूर्ति गर्न सकिएको छैन, जसका कारण बजारका खुला पसलबाट समेत पेट्रोल तथा डिजेल बिक्री भइरहेको छ । यो राम्रो पक्ष भने होइन् ।’ उनले भने, ‘विद्युत्को नियमित आपूर्ति हुनेवित्तिकै स्थानीय प्रशासन कार्यालयलाई बाहिरबाट पेट्रोल बेच्न रोक लगाइदिन पत्र लेख्ने तयारीमा छु ।’

उनले दसैँमा आवश्यक पर्ने पेट्रोलियम पदार्थ भण्डारण भइसकेको बताए । पेट्रोलपम्पबाट डिजेल १ सय १२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँमा बिक्री भइरहेको छ । बाहिरी बजारमा १ सय २५ देखि ४० रुपैयाँसम्ममा पेट्रोल र एक सय १५ रुपैयाँमा डिजेल बिक्री भइरहेको छ । साथै बजारका पसल पसलमा बिक्रीका लागि राखिने पेट्रोलियम पदार्थ गुणस्तरहीनसमेत भएको उनले बताए ।