मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असोज १७ शुक्रबार ०७:२८:००
Read Time : < 1 मिनेट
खेलकुद

घरेलु फ्रेन्चाइज क्रिकेट सिजन, कात्तिकदेखि चैतसम्म

Read Time : < 1 मिनेट
२०७६ असोज १७ शुक्रबार ०७:२८:००

यस वर्षको घरेलु फ्रेन्चाइज टी–२० क्रिकेट सिजन आगामी कात्तिकदेखि चैतसम्म रहने भएको छ । नेपालमा आयोजना हुने प्रतिष्ठित सबै फ्रेन्चाइज क्रिकेट प्रतियोगिताले आफ्नो आगामी संस्करणको आयोजना मिति कात्तिकदेखि चैतभित्रै निर्धारण गरेका छन् ।

पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल)ले आफ्नो आगामी संस्करण २६ कात्तिकदेखि ७ मंसिरसम्म आयोजना गर्ने घोषणा गरिसकेको छ । पिपिएलको यो दोस्रो संस्करण हो । यस्तै, काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)ले आफ्नो तेस्रो संस्करणको आयोजना मिति ७ फागुनदेखि १ चैतलाई तोकेको छ ।

घरमा आयोजना हुने अर्काे प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डिपिएल)ले पनि आफ्नो चौथो संस्करण फागुनमै आयोजना गर्ने घोषणा गरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार डिपिएलको आगामी संस्करणको मिति ३ देखि १५ फागुनलाई तोकेको हो । आयोजकले यस वर्ष पनि डिपिएल प्रस्तावित फाप्ला क्रिकेट मैदानमै गराइने जनाएको छ ।

डिपिएलमा ६ सहरका ६ टोली
डिपिएलमा विभिन्न ६ सहरका ६ टोलीले सहभागिता जनाउँदै आएका छन् । चौथो संस्करणको प्रतियोगितामा पनि सहभागी टोली उही नै हुनेछन् । प्रतियोगितामा विराटनगर किंग्स, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स र धनगढी स्टार्स सहभागी छन् । डिपिएलमा धनगढी सर्वाधिक सफल टोली हो । धनगढीले यसअघि आयोजना भएका तीनमध्ये सुरुवाती दुई संस्करणको उपाधि जितेको थियो । अत्तरिया प्रतियोगिताको साबिक विजेता टोली हो ।

  • पिपिएल २६ कात्तिकदेखि ७ मंसिर 
  • डिपिएल ३ देखि १५ फागुन
  • इपिएल ७ फागुनदेखि १ चैत